Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज सुन तोलामा एक हजार ६ सयले घट्यो

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एक हजार ६००ले घटेको छ ।आज सुनको मूल्य प्रतितोला ९२ हजार ३०० तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६००ले घटी ९२ हजार तीन सयमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ले घटेर एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Nov 23, 2021

प्रतिक्रिया दिनुहोस्