Logo
२७ आश्विन २०८१, आईतबार
(November 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकाबिहाननै पोखरामा आगलागीबाट लेकसाइडका पाँच पसल जले, करिब १ करोड ५० लाख क्षति

गण्डकी प्रदेश स्थित कास्कीको पोखरा महानगरपालिकाको लेकसाइडमा आज एकाबिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ ।

बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन् । रेष्टुराँ, खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पुर्याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिए ।

प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रारम्भिक अनुसन्धानमा एक करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको जनाउँदै उनले भने, ‘आगलागीबाट भएको क्षतिको मुचुल्का गर्ने काम भइरहेको छ । विद्युत् सर्ट भएर हो वा अन्य कारणबाट आगलागी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौँ ।’

प्रकाशित मिति: Nov 22, 2021

प्रतिक्रिया दिनुहोस्