Logo
४ बैशाख २०८१, मंगलबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा बढ्यो क्रसफायर मोटरसाइकलको मूल्य, यस्तो छ नयाँ मूल्यसूची !

नेपाली बजारमा क्रसफायर मोटरसाइकलको मूल्य बृद्धि भएको छ । क्रसफायर मोटरसाइकल बिक्री-वितरण गरिरहेको क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले मूल्य वृद्धि गरेको छ ।

आजै देखि लागू हुने गरी नयाँ मूल्य सूची कायम गरिएको कम्पनीको भनाइ छ ।क्रसफायरले केही दिन पहिले अपडेटेड ट्रयाकर २५० नेपाली बजारमा उपलब्ध गराएको थियो ।

यसको मूल्य पहिले नै ३ लाख ७५ हजार रुपैयाँ सार्वजनिक गरिएको थियो । यो भन्दा पहिलेको मोडलको मूल्य ३ लाख ४८ हजार रुपैयाँ थियो ।

त्यसैगरी क्रसफायर एचजे २५० को मूल्य ६ लाख ५५ हजार बाट बढाएर ६ लाख ७० हजार रुपैयाँ तोकिएको थियो । क्रसफायर आरएम २५० को मूल्य ७ लाख २५ हजार बाट ७ लाख ४८ हजार पुगेको छ ।

क्लासिक ह्विल्सले नेपाली बजारमा बिक्री गरिरहेको स्कुटर इटालिकामोटो फर्मुला १५० को मूल्य पनि ३ लाख १० हजार बाट बढाएर ३ लाख २० हजार रुपैयाँ कायम गरिएको छ ।

क्रसफायरका मोटरसाइकल विशेष गरी युवा पुस्तामाझ लोकप्रिय छन् । नेपाल अटो

प्रकाशित मिति: Nov 21, 2021

प्रतिक्रिया दिनुहोस्