Logo
२३ आश्विन २०८१, बुधबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले उद्घाटन गरेका रामदेवको अवैध टिभी च्यानलको छानबिन गर्न समिति गठन

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका पतञ्जली योगपीठका अवैध टिभी च्यानलको छानबिन गर्न समिति गठन भएको छ ।

सूचना तथा प्रसारण विभागले एक जना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अध्ययन थालेको विभागका महानिर्देशक गोगनवहादुर हमालले जानकारी दिए ।

सूचना विभागले प्रसारण इजाजत नै नलिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानल प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले उद्घाटन गरेपछि छानबिन थालेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मिडियामा विदेशी लगानी ऐनबाटै प्रतिबन्धित भएकोमा योग गुरु रामदेवको उपस्थितिमा पतञ्जलीका दुई च्यानल उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत सहभागी थिए । दुवै च्यानल सूचना तथा प्रसारण विभागमा दर्ता नभएको र प्रसारण अनुमतिसमेत नलिएको खुलेको छ ।

मण्डिखाटारमा स्थायी ठेगाना राखिएका दुवै अवैध च्यानलको कार्यालयमा गएर छानबिन गरिने समितिले जनाएको छ । एउटा टोली आइतबारै स्थलगत अध्ययनमा गएको छ ।

प्रकाशित मिति: Nov 21, 2021

प्रतिक्रिया दिनुहोस्