Logo
२५ बैशाख २०८१, मंगलबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरम नपुगेपछि प्रस्तावित राजदूतहरूको सुनुवाइ १७ गतेसम्मका लागि स्थगित

कोरम नपुगेपछि भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ १७ गतेसम्मका लागि स्थगित भएको छ । सांसदहरू अनुपस्थित भएर संसदीय सुनुवाइ समितिमा कोरम नपुग्दा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ १७ गतेसम्मका लागि स्थगित भएको हो ।

समितिका सभापति कर्णले पार्टीहरूको महाधिवेशन चलिरहेकाले आउँछु भनेकाहरू पनि नआएपछि कोरम नपुगेर बैठक स्थगित भएको जानकारी दिए ।

१५ सदस्यीय समितिमा चारजना मन्त्री भएका कारण सदस्य नरहेपछि हाल समिति ११ सदस्यीय छ ।त्यसमध्ये कोरम पुग्न कम्तिमा ६ जना चाहिन्थ्यो । तर आइतबारको बैठकमा एमालेका सुरेन्द्र पाण्डे, निरुदेवी पाल, माओवादीका अमृता थापा, देव गुरुङ र समिति सभापति समेत रहेका लोसपाका लक्ष्मणलाल कर्ण मात्र उपस्थित भए ।

आइतबार ११ बजेका लागि समितिको बैठक बोलाइएको थियो । तर, समितिमा बुहमत सांसद उपस्थित नभएपछि सुनुवाइका लागि झण्डै एक घण्टा कुरेर प्रस्तावितहरू फर्केका छन् ।अब सुनुवाइ लागि आउँदो १७ गतेका लागि बैठक बोलाइएको छ ।

आइतबारको बैठकमा कांग्रेसका जितेन्द्र देव पुष्पा भुसाल, भिनसेनदास, नेकपा एसकी नन्दा चपाई, माओवादीका पूर्णकुमारी सुवेदी, शिवकुमार मण्डल र एमालेका सुमनराज प्याकुरेल बैठकमा आएनन् ।

सुनुवाइका लागि प्रस्तावित राजदूत शंकर शर्मा र ज्ञानचन्द्र आचार्य समयमै समिति बैठकमा आइपुगेका थिए । श्रीधर खत्री बाटोमा आउँदा आउँदै बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति: Nov 21, 2021

प्रतिक्रिया दिनुहोस्