ड्रग्स मामिलामा बम्बे हाईकोर्टको फैसला गर्दै भन्यो : ‘आर्यन खानविरुद्ध कुनै प्रमाण पुगेन’
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान संलग्न क्रुज ड्रग्स मामिलामा बम्बे हाईकोर्टले आर्यन खानविरुद्ध प्रमाण नपुगेको फैसला गरेको छ ।
अदालतले शनिबार बिस्तृत फैसला को कपी जारी गर्दै फैसलामा उल्लेख गर्दै अदालतले भनेको छ, ‘प्रथम दृष्टया आरोपीहरुविरुद्ध त्यस्तो कुनै प्रमाण मिलेन, जसले यो विषय साबित गरोस् कि उनीहरुले ड्रग्ससँग सम्बन्धि कुनै अपराध गर्ने षड्यन्त्र गरेका थिए’ ।
एनडिपिएस अधिनियमको धारा ६७ अन्तर्गत एनसिबीद्धारा दर्ज गरिएको आर्यन खानको बयानको प्रयोग केवल मामिलाको जाँचका लागि मात्रै गर्न सकिने पनि आदेशमा उल्लेख छ । तर, अभियुक्तहरूलाई एनडिपिएस अधिनियम अन्तर्गत अपराधी ठहर गर्ने अनुमान लगाउन वा साबित गर्नका लागि यस बयानको प्रयोग गर्न नसकिने पनि उल्लेख छ ।
यसअघि आर्यन र उनका दुई साथीहरु जमानतमा रिहा भएका थिए । २८ अक्टुबरमा आर्यन, अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अदालतले स्विकारेको थियो । त्यसैगरी आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको र उनले अन्य तीन आरोपितहरुसँग मिलेर कुनै अपराध गर्ने षड्यन्त्र गरेको विषय त्यसमा पनि नदेखिएको अदालतले जनाएको छ ।