Logo
२७ आश्विन २०८१, आईतबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च परिसरमा प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि प्रदर्शन

सर्वोच्च परिसरमा आज पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले धर्ना जारी राखेका छन् ।

कानून व्यवसायीहरूले सदाझैं सर्वोच्च अदालत परिसरमा भेला भएर धर्ना दिएका छन् । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए ।

धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका थिए ।प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै १४ कात्तिकदेखि प्रदर्शन गर्दै आएको छ ।

आन्दोलनअन्तर्गत नेपाल बारले आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकका बहस पैरवी नगर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति: Nov 21, 2021

प्रतिक्रिया दिनुहोस्