Logo
२९ असार २०८२, आईतबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शनिबारसम्म मौसम बदली हुने, उच्च हिमाली भागमा हल्का हिमपातको सम्भावना

आज देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।साथै देशैभर आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले जानकारी दिएको छ ।

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण शनिबारसम्म नेपालको मौसम बदली हुने महाशाखाले जनाएको छ ।बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा पनि आंशिक बदली हुनेछ ।

बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा बदली हुनेछ ।उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्