Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् ।आज बसेको प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् ।

९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए ।

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो । तर उनले ५० मत विश्वासको मत पाएका छन् ।प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका सभामुखसहित ४१ सांसद भएपनि १३ जना सांसद भने बैठकमा उपस्थित नै भएनन् । त्यसमध्ये एक सांसद गुलेफुन खातुन किर्ते मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार छन् ।

बुधबार प्रदेसभामा विश्वासको मत माग्दै उनले पक्ष विपक्ष नभनी सबैलाई मिलाएर लैजाने भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

‘संविधानसम्मत ढंगले बनेको सरकार हो,’ राईले भने, ‘त्यसकारण सबैबाट हामीलाई सर्मथन हुने छ भन्ने विश्वास लिएको छु ।’ पूर्वमुख्यमन्त्री भीम आचार्यले सहकार्यको प्रस्ताव गरेको भन्दै मिलेर जाने कुरामा आफू पनि सकारात्मक भएको राईले बताएका थिए ।

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्