Logo
१७ मंसिर २०७८, शुक्रबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै पक्षलाई साथ लिएर अगाडी बढ्ने मुख्यमन्त्री राईको प्रतिबद्धता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सबैलाई साथ लिएर जाने प्रतिबद्धता जायर गरेका छन् । बुधबार प्रदेसभामा विश्वासको मत माग्दै उनले यो सरकार संविधानसम्मत ढंगले बनेको बताए ।

उनले आजको प्रदेश सभाको बैठकमा पक्ष विपक्ष नभनी सबैलाई मिलाएर लैजाने भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

‘संविधानसम्मत ढंगले बनेको सरकार हो,’ राईले भने, ‘त्यसकारण सबैबाट हामीलाई सर्मथन हुने छ भन्ने विश्वास लिएको छु ।’ पूर्वमुख्यमन्त्री भीम आचार्यले सहकार्यको प्रस्ताव गरेको भन्दै मिलेर जाने कुरामा आफू पनि सकारात्मक भएको राईले बताए ।

अहिले बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले धारणा राखिरहेका छन् ।

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्