Logo
६ बैशाख २०८१, बिहीबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहत सामग्रीसहित कर्णालीका मुख्यमन्त्री शाही आगलागीबारे अनुगमन गर्न मुगु प्रस्थान

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही राहत सामग्रीसहित आगलागीबारे अनुगमन गर्न मुगु गएका छन्।

मुख्यमन्त्री शाही राहत सामग्रीसहित मुगुको सदरमुकाम गमगढीमा लागेको आगलागीबारे अनुगमन गर्न नेपाली सेनाको हेलिकप्टरमा बुधवार (आज)बिहान मुगु गएका हुन् ।

काठमाडौँबाट टेन्ट, लत्ताकपडा र भाँडा लगिएको छ भने, सुर्खेतबाट खाद्यान्न र रेडक्रसको तत्कालीन सामग्रीहरू लगिएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ।

मुख्यमन्त्री शाही मङ्गलवार दिउँसो नै मुगु जाने कार्यक्रम तय भए पनि हेलिकप्टर ढिला आएपछि कार्यक्रम स्थगन भएको थियो ।

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्