Logo
२७ असार २०८२, शुक्रबार
(November 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले दबाब दिएपछि अब महाधिवेशन हुने भयो ढुक्क हुनुहोस् : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचन आयोगले दबाब दिएपछि मात्रै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको बताएका छन् ।

आज (सोमबार) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब महाधिवेशन हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन्।उनले पटक पटक महाधिवेशन सरेकोले महाधिवेशन नहुने हो कि भन्ने शङ्का अब निवारण भएको बताए।

उनले भने ‘हिजोको बैठकपछि भने अधिवेशन हुन्छ भन्ने ढुक्क भएका छौँ, पार्टीले होटल र हल बुक गर्न थाल्यो।’‘महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन। निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनु नपर्ने भए अहिले नै हामी महाधिवेशन गर्दैनथ्यौँ होला,’ उनले भने, ‘यो सामूहिक क्षयिकरणको प्रमाण हो। हामीले विधानको सर्वोच्चतालाई स्थापित गर्न सकेनौँ।’

थापाले १३ लाख मत थप गरे मात्रै काँग्रेस अब पहिलो पार्टी बन्ने बताए। नयाँ मतदातालाई पार्टीमा आकर्षित गर्ने गरी काम गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति: Nov 15, 2021

प्रतिक्रिया दिनुहोस्