Logo
३० असार २०८२, सोमबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी अध्यक्ष दाहाल मेडिसिटी अस्पतालबाट फर्किए घर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्किएका छन् ।

देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनी स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए।

अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् । अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतको कार्यक्रमपछि अस्वस्थ भएका थिए ।

प्रकाशित मिति: Nov 14, 2021

प्रतिक्रिया दिनुहोस्