Logo
१५ चैत्र २०८०, बिहीबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्ताङमा हिमपहिरो, भागदौडमा शिक्षकसहित ९ जना घाइते

गण्डकी प्रदेश अन्तर्गत रहेको मुस्ताङको कोबाङ क्षेत्रमा भीषण हिमपहिरो गएको छ । हिमपहिरोमा परेर एउटा घर भत्किएको छ भने भागदौडका क्रममा स्थानीय विद्यालयका एक शिक्षकसहित ९ जना घाइते भएका छन्।

थासाङ गाउँपालिका(२ को माथिल्लो क्षेत्रमा रहेको टुकुचे पिक हिमालबाट आइतबार बिहान ११ बजेर ४० मिनेटमा हिमपहिरो खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपाल लाइभलाई बताए।

पहिरोपछि भागदौड हुँदा थासाङ गाउँपालिका–२ को जनआदर्श माविका एक शिक्षक र ८ जना विद्यार्थी सामान्य घाइते भएको प्रजिअ शर्माले बताए। उनका अनुसार घाइते सबैको उपचार भइसकेको छ। उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। साथै, विद्यालय पनि सुरक्षित नै छ।

घटनास्थल सदरमुकाम जोमसोमबाट १९ किलोमिटरको दूरीमा पश्चिम रहेको छ । हिमपहिरोमा चरनका लागि लगिएका चौंरीलगायत परेको हुनसक्ने प्रजिअ शर्माले बताए।

ुहिमपहिरो खसेको ठाउँ चरिचरण क्षेत्र हो। त्यसकारण चौंरीलगायत जीवजन्तु परेको अनुमान गरिएको छ। मानिसलाई भने सुरक्षित स्थानतर्फ सारिसकेका सकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रकाशित मिति: Nov 14, 2021

प्रतिक्रिया दिनुहोस्