Logo
२७ आश्विन २०८१, आईतबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुन व्यवसायीको अवरोधकाबीच वैकल्पिक गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कानुन व्यवसायीहरुको अवरोधकाबीच आइतबार पनि सर्वोच्च अदालत प्रवेश गरेका छन्। जबरा एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् ।

एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ । कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन्। उनीहरुले गएको शुक्रबारदेखि अदालत प्रवेशमा प्रधानन्यायाधीशलाई अवरोध गर्दै आएका छन्। धर्नामा वकिलहरुले नाराबाजी गरिरहेका छन्।

प्रहरीको अवरोधका बाबजुद आन्दोलनरत वकिलहरु सर्वोच्च परिसरमै गएका छन्। उनीहरुले राजीनामा माग गर्दै नाराबाजी गरिरहेका छन्।

बारले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबरालेले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ। कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचारलाई सहयोग गरेकोसहितका अभियोग प्रधानन्यायाधीश जबरामाथि लगाइएको छ।

यस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। उनीहरु विरोधस्वरुप इजलासमा बसेका छैनन्।

बार तथा न्यायाधीशहरुले राजीनामाको माग गरे पनि प्रधानन्यायाधीश जबराले ले भने अस्वीकार गर्दै आएका छन्। उनले राजीनामा नदिने अडान दोहोर्‍याउँदै आएका छन्।

प्रकाशित मिति: Nov 14, 2021

प्रतिक्रिया दिनुहोस्