Logo
३ श्रावण २०८२, शुक्रबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, सबै भारतीय नागरिक

प्रदेश नं २ स्थित रौतहटमा भारतीय नम्बर प्लेटको कार पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

चन्द्रनिगाहापुरबाट गौर आउँदै गरेको भारतीय नम्बर प्लेटको कार यमुनामाई गाउँपालिका ४ झुन्खुन्वाचोकमा गएराति सवा १० बजे पल्टिएको प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने चारै जना भारतीय नागरिक हुन् । चालकले जाँड रक्सी खाएर कार चलाएकाले दुर्घटना भएको प्रहरीले बताएका छन् ।

सडकको किनारमा रहेको ठूलो खाल्डोमा गाडी पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।का

रको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको प्रहरीले बताएका छन् ।

प्रकाशित मिति: Nov 14, 2021

प्रतिक्रिया दिनुहोस्