Logo
६ जेष्ठ २०८१, आईतबार
(November 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानमारमा अमेरिकी पत्रकार फेन्स्टरलाई ११ वर्षको जेल सजाय

म्यानमारको सैनिक अदालतले अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय सुनाएको छ ।अमेरिकी पत्रकार ड्यानि फेन्स्टरलाई अदालतले ११ वर्षको जेल सजाय सुनाएको हो ।

फेन्स्टर आप्रवासी कानुन उल्लंघन गरेको, गैर कानुनी सङ्गठन बनाएको र म्यानमार सेनाविरुद्ध सर्वसाधारणलाई उक्साएको आरोपमा फेन्स्टर दोषी ठहरिएका छन् ।

उनलाई गत मे महिनामा म्यानमार सेनाले याङोन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । त्यसयता सेनाले उनलाई हिरासतमा राखेको थियो ।

केही दिनअघि म्यानमार सेनाले उनीमाथि देशद्रोही र आतङ्कवादी गरी थप नयाँ आरोप लगाएको थियो ।सो आरोप सत्य साबित भएमा पत्रकार फेन्स्टरले जन्मकैदको सजाय भोग्नु पर्ने बताइएको थियो ।

यद्यपि नयाँ आरोपबारे हाल कुनै पनि निर्णय नभएको बताइको छ ।३७ वर्षीय फेन्स्टर म्यानमारस्थित फ्रन्टियर म्यानमारका व्यवस्थापकीय सम्पादक हुन् । म्यानमार सेनाले सैन्य कु लागू गरेपछि फेन्स्टरलगायत अन्य दर्जनौँ स्थानीय पत्रकारहरु हिरासतमा छन् ।

प्रकाशित मिति: Nov 12, 2021

प्रतिक्रिया दिनुहोस्