Logo
७ बैशाख २०८१, शुक्रबार
(November 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित बिग बोस शोको १५ औँ सिजनको टीआरपी लगातार गिर्दो, चाँडै सक्ने निर्माताको तयारी

भारतीय चर्चित टिभि सो बिग बोस कार्यक्रमको पछिल्ला सबै सिजनले टीआरपीको सबै रेकर्ड तोड्दै आएकोमा कार्यक्रमले पछिल्लो १५ औँ सिजनको टीआरपी भने लगातार गिर्दो क्रममा रहेको छ ।

यसअघि शोको लोकप्रियतालाई हेर्दै शोको समयलाई थप गरिएको थियो तर यो सिजन खराब टीआरपीका कारण निर्माताहरुले कार्यक्रमलाई निर्धारित समयभन्दा अगाडि नै सक्ने तयारी गरेको बताइएको छ ।

शमिता शेट्टी, करण कुन्द्रा, तेजस्वी प्रकाशजस्ता ठूला नाम जोडिए पनि कार्यक्रमले टीआरपी हासिल गर्न असफल देखिएको हो। शुरुवातबाट नै बिग बोस १५ को आलोचना हुँदै आएको छ ।

फ्यानहरूको आरोप छ, निर्माताहरुले शमिता शेट्टीको तारिफ गर्दै उनलाई बढी हाइलाइट गर्ने गरेका छन् । यसबाहेक खेलमा करण कुन्द्रा, तेजस्वी प्रकाश र शमिता शेट्टी राकोश वापटको प्रेमलाई बढी हाइलाइट गरिएको उनको आरोप छ ।

शोका धेरै प्रतियोगीले घरको नियम तोड्दै गरेको देख्न सकिन्छ भने उनीहरूलाई कुनै सजाय दिइएको छैन । धेरै टास्कहरु पुरा गर्न अघि नै रद्द गरिएको छ । सलमान खानलाई ल्याउँदा पनि कार्यक्रमले मनोरञ्जन दिन सकिरहेको छैन ।

पछिल्लो कयौँ सिजन र विकेन्ड वारलाई टीआरपी दिने सलमान पनि यस वर्ष असफल भइसकेका छन् । उनको लोकप्रियतालाई हेर्दै यो सिजन उनलाई ५ सय करोड भारु पारिश्रमिक दिइएको थियो ।

यसका बाबजुद पनि प्रिमियर नाइटदेखि विकेन्ड एपिसोडले टीआरपी पाउन सकेन । निर्माताले जंगल थीममा पनि ठूलो लगानी गरे पनि त्यसले पनि परिणाम दिन सकिरहेको छैन ।

 

 

प्रकाशित मिति: Nov 12, 2021

प्रतिक्रिया दिनुहोस्