देउवाले बोलाए आफू निकट कांग्रेसका पदाधिकारीलाई छलफलमा
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकत नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुसँगको छलफलका लागि बिहीबार दिउँसो आफू निकटका काँग्रेसका पदाधिकारीलाई छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।
कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतका अनुसार महाधिवेशनको तयारीबारेमा छलफल गर्न अनौपचारिक बैठक बस्न लागेको हो ।
बैठकमा देउवाले उपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री महतलगायतका नेतालाई बोलाएका छन् ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदै छ ।