Logo
१५ चैत्र २०८०, बिहीबार
(November 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नेप्से ७९ अंकले घट्यो, कारोबार साढे ६ अर्ब नाघ्यो

नेपालको सेयर बजार परिसूचक नेप्सेमा आज एकैदिन ७९ अंक माथि घटेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा झरेको हो ।

गत सोमबार यस्तो सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा अडिएको थियो ।त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १६.०२ अंकले घटेर ५१२ दशमलभ ८२ विन्दुमा झर्न पुगेको छ ।

आज सबैजसो उपसूचकहरु ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे भएको छ । तर, करिब ८० अंकले नै घटेको बजारमा आज कारोबार रकम भने साढे ६ अर्ब माथि भएको छ ।

नेप्सेका अनुसार आज एक करोड १९ लाख कित्ता माथि सेयर बजारमा एक लाख भन्दा बढी पटक किनबेच हुँदा कुल ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: Nov 9, 2021

प्रतिक्रिया दिनुहोस्