Logo
१९ आश्विन २०८१, शनिबार
(November 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आम नागरिकको जिवन रक्षा नै सरकारको पहिलो दायित्व : गृहमन्त्री खाँड

आम नागरिकको जिवन रक्षा नै सरकारको पहिलो दायित्वगृहमन्त्री बालकृष्ण खाँडलेआम नागरिकको जिवन रक्षा नै सरकारको पहिलो दायित्व रहेको बताएका छन्   ।

सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन आएका गृहमन्त्री खाँडले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पछि स्थानमा स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकारलाई सुनिश्चितताको लागि सरकार प्रयत्नशिल रहेको बताए ।

उनले राज्यको र सरकारको पहिलो दायित्व नै नागरिकको जिवन रक्षा रहेको र त्यसका लागि आफुहरु प्रयत्नशिल रहेको बताए ।

न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए

प्रकाशित मिति: Nov 8, 2021

प्रतिक्रिया दिनुहोस्