Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रर्दशन गरी रहेको बेला चार न्यायाधीशले गरे मुद्दाको सुनुवाइ

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै पदर्शन गरीरहेको बेला सर्वोच्च अदालतका चार न्ययाधीशले आज बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका छन्।

सोमबार ६ वटा इजलास गठन भएकोमा ३ वटा इजलासमा सुनुवाइ भएको हो।आज न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र कुमार चुडालले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका हुन्।

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले तिहारअघि एक सातासम्म इजलासमा नबसेर छलफल गरेका थिए।

तर तिहार बिदाको अघिल्लो दिन उनीहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका थिए।न्यायाधीशहरूबीच जबरा इजलासमा नबस्ने समझदारी भएको बताइएको थियो तर जबराले आफ्ना लागि समेत सोमबार इजलास तोकेका थिए।

जनाले आफ्ना लागि इजलास तोकेपछि सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित अन्य न्यायाधीशहरू छलफलमा छन्।

 

प्रकाशित मिति: Nov 8, 2021

प्रतिक्रिया दिनुहोस्