Logo
८ बैशाख २०८१, शनिबार
(November 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैंकले आज ६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

आज नेपाल राष्ट्रले बैंकले ६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको ६ अर्ब गरी कूल ६ अर्ब १० करोडको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ ।

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैङ्क, अन्य वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था लगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैङ्कले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

यसअघि यही कात्तिक १५ मा बैंकले १ अर्ब ६६ करोडको ट्रेजरी बिक्री गरेको थियो । राष्ट्र बैङ्कले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

प्रकाशित मिति: Nov 8, 2021

प्रतिक्रिया दिनुहोस्