Logo
२६ आश्विन २०८१, शनिबार
(November 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश पहिला तीन महिनापछि विदामा बस्ने त्यसपछि मात्र अवकाश लिने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबको तीन महिनापछि विदामा बस्ने र अनि अवकाश बस्ने चाहाना व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीश जबराले अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सारेको बुझिएको छ ।

आफूसँग कुराकानी गर्न सर्वोच्च अदालतका न्यायाधीशहरुले गठन गरेको तीन सदस्यीय कार्यदलसँग उनले अमूर्त रुपमा यस्तो प्रस्ताव गरेको सर्वोच्च स्रोतले बतायो ।

प्रधानन्यायाधीश जबराले माघको अन्तिम साता विदामा बस्ने र त्यसको एक महिनापछि फागुनको अन्तिम साता ‘उचित निकास दिने’ प्रस्ताव गरेको बताइएको छ ।

उनले त्यसका लागि आफूसँग राजीनामा माग्ने निर्णयबाट सहकर्मी न्यायाधीशहरु पछि हट्नुपर्ने र ‘सम्मानजनक विदाइ’ को वातावरण हुनुपर्ने माग राखेका छन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको जारी आन्दोलनलाई अझ कडा पार्ने भएको छ । हिजो देशभरका बार इकाइका पदाधिकारीहरूसँगको भर्चुअल छलफलपछि बारले भोलिदेखि सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएको हो ।

उसले काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ । देशभरका बार इकाइका पदाधिकारीहरूसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले एक दुई दिनमै थप विरोधका कार्यक्रम प्रकाशित गरिने बारले जनाएको छ ।

उनले त्यसका लागि आफूसँग राजीनामा माग्ने निर्णयबाट सहकर्मी न्यायाधीशहरु पछि हट्नुपर्ने र ‘सम्मानजनक विदाइ’ को वातावरण हुनुपर्ने माग राखेका छन् ।

 

प्रकाशित मिति: Nov 8, 2021

प्रतिक्रिया दिनुहोस्