Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सल्यानमा बस दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु, १८ घाइते

सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस दुर्घटनामा हुँदा कम्तीमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १८ जना घाइतेको सल्यानमा उपचार भइरहेको छ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

आइतबार बिहान भएको दुर्घटनामा परी ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिएका छन्  । बस सडकबाट २ सय मिटर तल खसेको छ। घटनास्थलमै पाँच जनाको मृत्यु भइसकेको छ,’ थापाले ले भने, ‘उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको पनि मृत्यु भएको खबर छ।’

थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए। घाइतेको संख्या धेरै छ,’थापाले  भने, ‘हामी उद्धार गरी अस्पताल पुर्‍याउँदै छौं।’ बसमा ३० जना यात्रु रहेको बताइएको छ।

बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो। प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।

प्रकाशित मिति: Nov 7, 2021

प्रतिक्रिया दिनुहोस्