Logo
२९ आश्विन २०८१, मंगलबार
(November 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छठ पर्व : भेदभाव हटाउनेदेखि नारी सर्वोच्चतासम्मका ८ विशेषता !

तराई-मेधशमा विशेष गरी मनाइने छट पर्व आजबाट सुरु हुदैँ छ । पाँचदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठको पहिलोदिन आज ब्रतालुले माछा र कोदो नखाने दिन हो । यो दिनलाई माछमरुवा बार्ने दिन पनि भनिन्छ ।

दिपावली सकिएसँगै मनाइने छठ पर्वले मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रत्येक वर्ष प्रगाढ बनाउँदै आइरहेको छ । मानव जातिको पीडाप्रति सजग गरी छठ पर्वले हरेक वर्ष दीपावली समाप्तिपछि मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद-सम्बन्धको सुत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबीच सम्बन्धलाई डोरीको गाँठो जस्तो बाँधने काम गर्छ ।

भनिन्छ–भक्त र भगवानसँग सीधा वार्तालाप छठ पर्वमा हुन्छ । यो नै एउटा पर्व हो, जसमा पुजारीरपुरोहित आवश्यक पर्दैन । छठमा अर्घ दिइने सूर्य भगवान प्रत्यक्ष देखिन्छ । त्यसैले पुजारी चाहिँदैन ।

छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले यी धार्मिक विधि अवलोकन गरिरहेका हुन्छन् । अवलोकनसँगै विधिहरू सिधै सिक्ने र यो क्रम सन्ततीमा सर्दै आएको छ । केही छठ घाटमा सूर्य भगवानको मूर्ति निर्माण गरी व्रतालु सूर्य नमस्कार गर्छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदा पनि पुजारी आवश्यक पर्दैन ।

व्रतालुहरू सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन् ।छठ शब्द संसकृतको ‘षष्ठी’ शब्दबाट विकसित भएको इतिहास छ । चार दिवसीय छठ ब्रतमा सबै भन्दा कष्ठ, कठिनाई , दौरधुप, श्रम-शक्ति र महत्वको हिसाबले कात्तिक शुक्लषष्ठीको दिनै हुन्छ ।

कात्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्व हो नाम हो छठ । यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो ।

यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुने गर्छ ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट चढाउने गरीन्छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

निकै पवित्र, सफा सुग्घर र निष्ठापूर्वक मनाइने लोकपर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ । छठको धेरै महत्व छन् ।

छठको महत्वपूर्ण ८ विशेषाहरु

(१)छठ एकताको सन्देशको पर्व हो
सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधिले मानवीय भाइचारा सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको छ । तराई–मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम, बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ । पहाड र राजधानी यति बेला छठमय भएको छ । बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेश, पडाड र हिमालसंग छठको प्रेम छ । प्रायःजसो मधेशी परिवारमा गरिमामय स्थानमा भएको महिलाको नेतृत्वमा छठ मनाइन्छ । नारीको महत्व छठले पनि बढाएको छ । बालबालिका र युवायूवतीहरु यस पर्वमा बढी सक्रिय रहन्छन् ।
पुजन प्रक्रियाको सुरुदेखि समापनसम्म सबै जाति, समुदाय र धर्मका मानिसको सहभागी हुने हुनाले यसलाई समानताको पर्व पनि भन्न सकिन्छ ।
(२) छठ समाजिक सद्भावको पर्व हो
छठ समाजिक सद्भावको पर्व पनि हो । हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बराबारको अवस्था अझै कायमै छ । कानुनी रुपमा छुवाछुतको अन्त्य भएपनि समाजमा छुवाछुत भने कायमै छ । तर छठ पर्वले सामाजिक भेदभावको बाँध भने परापूर्व कालदेखिनै भत्काइएको देखिन्छ ।
त्यसैगरी यो पर्व मनाउने सनातन धर्मावलम्बीबीच समुदायगत, जातिगत, भाषागत भिन्नता पनि छन्। धार्मिक भिन्नता पनि छन् तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन । कुनै जात जाति हुन, तिनको दौरा, छैंटी श्रीपताको अगाडि मिलेर, मिलाएरै राखिएका हुन्छन्, सबै एउटा गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्याएको पहाडी, मधेसी, जातजाति भेद यहाँ सबै टुंगिन पुग्छ । तसर्थ यो व्रतले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाएको देखिन्छ । अझै ध्यान दिनुपर्ने कुरा के छ भने अरू बेला अछूत भनेर तिरस्कार गर्ने समाजका कुलीन वर्गका छोरी र बुहारी पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर प्रसाद माग्छन् र प्रसाद जुनसुकै जातजातिको होस, आँचलमा पर्यो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन् । यसले के प्रमाणित गर्छ भने हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूको ठूलो योगदान छ ।

(३)छठ अहिंसाको पर्व हो
यस पवले संसारमा सबै जीवजन्तुको रक्षा गर्छ । दशैंमा जस्तो बली प्रथालाई यस पर्वले निषेध गरेको छ । शाकाहारी र अहिंसा भावले अनि शुद्धतालाई निकै महत्व दिई छठपूजा गरिन्छ । ब्रातलुहरु यस पर्वमा प्याज, लसुन, माछा मासु खादैंनन् । यस पर्वमा सबैको जय जयकार गरिन्छ ।
(४) छठ लोकतान्त्रिक पर्व हो
लोकतन्त्रमा सबै बराबर हुन्छ भनेझैं छठ पर्वले आफूलाई लोकतान्त्रिक पर्व हो भनेर आफूलाई सदियौंदेखि चिनाउँदै आएको छ । सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन्, उनी बिना कुनै विभेद गरिब र धनी सबैलाई समान रुपले प्रकाश छर्छन ।
सूर्यको प्रकाश विना मानव, जीवजन्तुर प्रकृतिको अस्तित्व रहदैंन । सूर्यको प्रकाश सबैको लागि बराबर हुन्छ । प्रचण्ड घाम लाग्दा त्यो घामले गरिबलाई मात्र पोल्दैन, धनीलाई पनि पोल्छ , त्यसैले सूर्यको व्यहार सबैको लागि बराबर हुन्छ ।
सूर्यविना विश्वको अस्तित्वको कल्पना गर्न सकिंदैन । सूर्य ऊर्जाकै कारण विश्व जीवित र चलायमान छ, जीवन र प्रकृतिबीचको सन्तुलन कायम छ । भिटामिन‘डी’को मूख्य स्रोत सूर्य नै हुन् ।
जीवजन्तु समस्त वनस्पतिको जीवनरक्षा सूर्यऊर्जाले सम्भव भएको कुरा विज्ञानद्वारा प्रमाणित छ । सूर्यको किरणमा छालाको रोगका साथै मुटु, जोर्नी र टाउकोको व्यथालाई निको पार्ने सामथ्र्य भएको प्राकृतिक चिकित्सा विज्ञानले पुष्टि गरेको छ ।
यसरी महारोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुख, पारिवारिक सुख, सुस्वास्थय, दिर्घायु आदिको कामना पूर्तिका लागि सूर्यको उपासना गरिन्छ । षष्टी तिथिमा सूर्यको उपासना गर्ने विधि उपक्रमलाई छठपूजा भनिन्छ ।

(५) छठ कृषि र कृषकको पहिचानको पर्व हो
छठ लोकपर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । जीवन र प्रकृति एकअर्काका पूरक हुन । प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ ।
गवडी धान ९साठी० सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर९मिठ्ठा०, कागती, केराको थम्बा, गहुँ, आदिको प्रयोगले किसानको श्रमको कदर गरेको छ । प्रकृतिको उत्पादनलाई स्वीकार गरिएको छ । नेपालको कृषि पहिचानलाई छठ पर्वले जगेर्ना गरेको छ । प्रायःसबै पूजा समाग्रीहरु स्थानीय गाउँ घरमै उत्पादित कृषी समाग्री प्रयोग गरेका पाइन्छ ।
(६)छठ आस्था, भक्तिभावको पर्व हो
छठपूजाप्रति कामना पुरा हुने विश्वासले जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ । त्यसैले छठपर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भावको पर्व पनि भनिन्छ । एकताका तराईको पनि निश्चित भू–भागमा मात्र मनाइने गरिएको छठपर्व २०६३ सालमा पहाडमा अवस्थित राजधानी सहर काठमाण्डौंको ऐतिहासिक रानीपोखरीसम्म पुग्यो ।
त्यसबेलादेखि आजसम्म यो पर्वले काठमाण्डौंसहित अन्य पहाडी क्षेत्र र सहरमा विस्तार अनि सम्मान पाएको छ । भविष्यमा यो पर्वले पहाड र तराई–मधेसबीच भइरहेको सद्भावलाई थप प्रगाढ बनाउनुका साथै सांस्कृतिक पर्यटकीय विकासको सम्भावनालाई बलियो बनाउने विश्वास गर्न सकिन्छ ।
(७)छठ गीतमय पर्व हो
छठको सुरुदेखि अन्तय सम्म सबै विधीविधानहरु गीतबाटै बुझन सकिन्छ । छठ पर्व आउन २० दीन अघिदेखि नै छठको गीत संगीत घरघरमा गुञ्जीन्छ । जसले छठ आएको भान हुन्छ । गीतले छठ आउँदैछ । तयारीमा जुट पनि भन्छन् । अर्थात छठ पर्वप्रति सचेत हुन गीतले सघाउपु¥याउछ । छठगीतमा पूजा विधि, कामना पूर्तिका लागि माताको स्तुति तथा सामाजिक सद्भाव बढाउने उक्तिहरु पाइन्छन् ।
गीत छठपूजाको अभिन्न अंग हो । यसले छठपर्वलाई बुझ्न मात्रै होइन आकर्षक र रौनक बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

(८) छठ नारी सशक्तीकरणको अनुष्ठानको पर्व हो
छठ सूर्यको उपासनाको पर्व भए पनि यस पर्वले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर र पवित्रताका धर्म यसको मूल मान्यता हो भन्न सकिन्छ ।सूर्यको उपासनामा कृपालु छठी माईको आशिषबिना अनुष्ठान पूरा हुनै सक्दैन । यो मातृशक्तिप्रतिको श्रद्धा हो । छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ । छठी माईको गीतमा यसको स्पष्ट झझल्को पाइन्छ ।पत्रपत्रिका 

 

 

प्रकाशित मिति: Nov 7, 2021

प्रतिक्रिया दिनुहोस्