Logo
११ बैशाख २०८१, मंगलबार
(November 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलकी गायिका मेन्डोन्काको विमान दुर्घटनामा मृत्यु, दुर्घटनाअघिको भिडियो बन्यो भाइरल!

ब्राजिलकी युवा गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ । उनी ब्राजिलको सबैभन्दा चर्चित गायिका थिइन् । ​मारिलिया ल्याटिन ग्रामी अवार्ड विजेता रहिसकेकी छन् ।

द क्वीन अफ सफरिङ को नामले पनि चिनिने उनी मात्र २६ वर्षकी रहेकी थिइन् । हालसम्म दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन ।

मारिलिया ब्राजिलमा नै आफ्नो एक साङ्गीतिक कार्यक्रममा भाग लिन गइरहेकी थिइन् । उनको विमान ब्राजिलको गोइयानिया सहरका लागि उडेको थियो ।

सोही दौरान विमान दुर्घटना भएको थियो । घटनामा उनीसँगै अन्य चार जनाको मृत्यु भएको छ । यसमा उनको अंकल, एक प्रोड्युसर र दुई चालक दलका सदस्य रहेको बताइएको छ ।

घटनाभन्दा ठीक अघि उनले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी थिइन् । उक्त भिडियोमा उनले निजी विमान चढ्न लागेको देख्न सकिन्छ । सोही भिडियो यतिबेला भाइरल बनेको छ ।

 

प्रकाशित मिति: Nov 7, 2021

प्रतिक्रिया दिनुहोस्