Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलवायु परिवर्तन रोक्न माग गर्दै ग्लास्गो शहरमा विरोध प्रदर्शन

जलवायु परिवर्तन गराउने गतिविधि रोक्न माग गर्दै स्कटल्याण्डको ग्लास्गो शहरमा हजारौंले प्रदर्शन गरेका छन् ।

विश्व जलवायु सम्मेलन भईरहेको ग्लास्गो शहरमा जलवायु परिवर्तन गराउने गतिविधि रोक्नका लागि आवश्यक कदमहरु चाल्नु पर्ने माग गर्दै वातावरणवादी संघसंस्था र सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका हुन् ।

विश्वभर नै वातावरणको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले दबाव बढाईरहेको बेला ग्लास्गोमा एक लाख बढी मानिसले प्रदर्शन गरेका हुन । जुन जलवायु परिवर्तन रोक्ने अभियानमा सवैभन्दा ठूलो प्रदर्शन हो ।

प्रदर्शनका क्रममा रिभरक्लाइड शहरको सडकमा साङ्लो बनाएर उभिएका २१ जना वैज्ञानिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलायतका अन्य शहरहरुमा पनि जलवायु परिवर्तनको मुद्धा सम्बोधनको माग गर्दै प्रदर्शन भएका छन् ।

विरोध प्रदर्शनमा ऐक्यवद्धता जनाएका विश्वभरका करीब १५ हजार वैज्ञानिकहरुले पनि जलवायु क्षेत्रलाई न्याय गर्न आकस्मिक कदमहरु चाल्न ढिला भईसकेको बताएका छन् ।

 

प्रकाशित मिति: Nov 7, 2021

प्रतिक्रिया दिनुहोस्