Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले भने : ‘जो हमसे टकराएगा चुरचुर होजाएगा, ख्याल गर ’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग जसले टक्कर लिन खोज्छ समाप्त हुने बताएका छन् ।

आज बिहान भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले सो कुरा भनेका हुन् । नेपालले हिन्दी लवजमा भने, ‘जो हमसे टकराएगा चुरचुर होजाएगा, ख्याल गर ।’

विभिन्न प्रदेश सरकारमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको चर्चा गर्दै नेपालले कर्णाली प्रदेशमा नेकपा एमालेको हालत उठ्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको पनि उनले बताए ।एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको बताउँदै उनले भने, ‘त्यसो हुनाले हामी भन्छौँ हामीसँग टक्कर लिने कुरा सोच्यो भने तराईतिर भनिन्छ ‘जो हमसे टकराएगा चुरचुर होजाएगा, ख्याल गर ।’

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठुलो पार्टी बनेको र प्रदेश नम्बर दुईमा एमालेभन्दा धेरै अगाडि रहेको बताउँदै उनले भने, ‘कर्णाली प्रदेशमा हामीले टक्कर दिएर अर्को पार्टी उठ्नै नसक्ने गरी एमालेको हालत खतम छ ।’

उनले भ्रष्टाचार मुक्त भएको, सुशासनको मान्यतामा अगाडि बढेको, जनसेवाको मन्त्र बोकेको र समाजलाई परिवर्तनको दिशामा डोर्याउने सोचका साथ अगाडि बढ्न नेताहरुलाई निर्देशन दिए ।

 

प्रकाशित मिति: Nov 4, 2021

प्रतिक्रिया दिनुहोस्