Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावमा सिंगल नै लडेर एमालेलाई कुचोले बढार्ने हो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमाले केपी शर्मा आलीलाई एक्लै चुनाव लडुन आउन चुनौति दिएका छन् ।

भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता थापाले एमालेसँग एक्लै चुनाव लडेरै कांग्रेसले बहुमत ल्याउने दावी समेत गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एक्लै चुनाव लड्न आउन चुनौती दिएका थिए त्यसको जवाफ थापाले सिंगल-सिंगल चुनाव लड्न आउन भनि दिएका छन् ।

‘सिंगल-सिंगल चुनाव लड्न आउन भनेको होइन ? पहिले पनि सिंगल नै लडेर कांग्रेस सबैभन्दा ठूलो पार्टीको भएको थियो । अब त झन् एमालेलाई कुचो लगाएर बढार्ने हो । कतै धुलो अड्केको रहेछ भने भ्याकुम लगाउने हो’, थापाले भने ।

उनले एमाले राजनीतिक पार्टी नभएर ‘केपी ओलीको प्राइभेट लिमिटेड’ भइसकेको आरोप लगाए ।गुण्डु एमालेका युवा नेता महेश बस्नेतको गाउँ हो ।

उनी साबिक गुण्डु गाविसबाट २०५४ मा गाविस अध्यक्ष निर्वाचित भएका थिए भने अहिले सो क्षेत्रका सांसद छन् । यसअघि कांग्रेसले महेश बस्नेतकै गाउँमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत लगेर भाषण गराएको थियो ।

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्