Logo
२३ असार २०८२, सोमबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीको धर्ना

सर्वोच्च अदालतमा परिसरमा आज पनि  प्रधानन्यायाधीशको चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसननको नेतृत्वमा आन्दोलित कानून व्यवसायीहरुले  प्रदर्शन गरेका छन् ।

वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो दिन आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका हुन् ।

आज पहिलो चरणको आन्दोलनको कार्यक्रमकोअन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे भन्छन्, ‘आज दिउँसो चार बजेसम्म राजीनामा आउँछ भन्ने विश्वास छ । राजीनामा नआएको खण्डमा के गर्ने भनेर हामी सार्वजनिक गर्छौँ ।’

अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको भन्दै उनले यी विषयमा छलफल गरेर सार्वजनिक गरिने बताए ।

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्