Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १ घाइते

कर्णाली पदेश स्थित जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । त्यस्तै उक्त घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका- ७ का ३५ वर्षीय चंकलाल बिक, वडानम्बर-५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका-५ झुल्केडाँडामा आज बिहान २ बजे दुर्घटना भएको हो ।

त्यस्तै नलगाड नगरपालिका-८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सह-चालक रहेको प्रहरीको भनाइ छ ।

घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । ट्याक्टर मालिक नै चंखलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्