Logo
२२ बैशाख २०८१, शनिबार
(November 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशलाई ओली प्रवृतिबाट मुक्त गर्न पाँच दलीय गठबन्धन मिलेर चुनाव लड्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी रहेकाले आउने चुनावमा पाँचदलीय गठबन्धन मिलेर लड्ने बताएका छन् ।

गृह जिल्ला रौतहट आएका नेता नेपालले मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चुनावमा तालमेल मिलाउनको लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने बताएका छन् ।

साथै अहिले नै अर्ली इलेक्सन आवश्यक नभएको बताए ।चुनावलाई कम खर्चिलो बनाउन तीनै तहको निर्वाचन एकै साथ गर्नेमा उनको जोड छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने उनले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री विदेशबाट फर्किएपछि हामी छलफल गर्छौं ।’

नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली निरंकुश र एकल शासन रुचाउने व्यक्ति भएको आरोप लगाएका छन् ।

 

 

 

प्रकाशित मिति: Nov 2, 2021

प्रतिक्रिया दिनुहोस्