Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिने भएका छन् ।कांग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन् ।

उनले सोमबार साझ पदबाट राजीनामा दिने तयारी गरेका छन् ।शाहीले उक्त बिषयमा छलफल गर्न ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।कर्णाली प्रदेश सरकारका ३ मन्त्रीको आजबाट पदमुक्त हुदैँ छन् ।

सांसद पदमा निर्वाचित नरहेको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार कर्णाली प्रदेशमा आज तीन जना मन्त्री पदमुक्त हुन लागेका हुन् ।

प्रदेशसभा सदस्य नरहेका नेकपा एकीकृत समाजवादीका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो ।

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्