Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

विश्वासको मतको लागि बहुमत नपुग्ने भएपछि आचार्यले प्रदेशसभा बैठक अगाडिनै राजीनामा दिन लागेका हुन् । आज बस्ने प्रदेश सभा बैठकमा उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका रहेको छ ।

मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए । तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो ।

आज बस्ने प्रदेश सभा बैठकको पूर्व सन्ध्यामा विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्