Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष केपी ओली चितवन आज जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन् । अध्यक्ष ओली विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लागेका हुन् ।

ओलीको त्यहाँको बसाई दुई दिन हुने एमालेले जानकारी दिएको छ ।सडक मार्ग हुँदै चितवन जान लागेका ओलीले दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

चितवन बसाइकै क्रममा ओली माडी अयोध्या धामसमेत पुग्ने कार्यक्रम छ ।चितवन बसाइका क्रममा अध्यक्ष ओलीले केन्द्रीय महाधिवेशन स्थल नारायणी नदी किनारको अवलोकन तथा केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले आजै एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको समेत उद्घाटन गर्नेछन् । उनले महाधिवेशनको बन्द सत्र हुने सौराहा क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीसँगै एमाले स्थायी समिति सदस्य द्वय रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डेलगायत केन्द्रीय नेतासमेत चितवन जाँदै छन्  ।

 

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्