Logo
१३ बैशाख २०८१, बिहीबार
(October 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी गर्ने

file photo

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीले दावी गरेको छ ।आइतबार बसेको एकीकृत समाजवादीको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो ।

धनगढीमा सम्पन्न प्रदेश कमिटी बैठकले सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल भएकाले प्रदेश सरकारको नेतृत्वका लागि केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

प्रदेश कमिटीका सचिव दिनेशचन्द्र सुवेदीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

औपचारिक निर्णय भए/नभएकोबारे पुुष्टि नगरेपनि उनले पत्रकार सम्मेलन गरेर विस्तृतमा सबै कुरा जानकारी दिइने बताए । एकीकृत समाजवादी पार्टीको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रले गरिरहेको छ ।

५२ सदस्यीय प्रदेशसभामा १४ सांसदसहित एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल छ । प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १-१ सांसद छन् ।

प्रकाशित मिति: Oct 31, 2021

प्रतिक्रिया दिनुहोस्