प्रधानसेनापति शर्माद्वारा राणालाई दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति महारथी प्रभुराम शर्माले सरोज प्रताप राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधानसेनापति शर्माले जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रमकाबीच रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
रथी दर्जामा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।
उपरथी सरोज प्रताप राणालाई २०७८ कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।