Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुजिताले जितिन्‘मिस युनिभर्स नेपाल २०२१’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२१’को उपाधि सुजिता बस्नेतले  जितेकी छन् । पन्ध्र प्रतियोगीलाई पछि पार्दै बस्नेतले उपाधि चुमेकी हुन् ।

विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भएकी छिन्। उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकि थिइन् ।

शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा विजेताले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेकी थिइन् ।

गत वर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् । कार्यक्रममा डा केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, नीनाकान्ता मण्डल फस्ट रनरअप घोषित भईन् ।

प्रकाशित मिति: Oct 31, 2021

प्रतिक्रिया दिनुहोस्