मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना
सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन् ।स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन् ।
मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन् ।बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।