Logo
१७ मंसिर २०७८, शुक्रबार
(October 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विज्ञापन बजारलाई मर्यादित र व्यवस्थित बनाउन सबैको सामूहिक प्रयासको खाँचो छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको बताएका छन् ।

विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित विज्ञापन दिवस तथा अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चार माध्यमबाट प्रकाशनरप्रसारण हुने विज्ञापनले वस्तु वा सेवाको प्रवद्र्धन मात्र नगरी आम उपभोक्ताको हितकोसमेत सम्बद्र्धन गर्ने हुँदा यसतर्फ सञ्चारमाध्यम र विज्ञापनदाताले ध्यान दिनुपर्नेमा जोड दिए ।

विज्ञापनलाई मर्यादित बनाउन यससम्बन्धी ल्याउन लागिएको आचारसंहिताले सहयोग पुग्ने बताउँदै मन्त्री कार्कीले सरकारले ‘क्लिनफिड’को नीति लिएपछि विज्ञापन बजारलाई विस्तार गर्न सहयोग पुगेको उल्लेख गरे ।

उनले विज्ञापनका सामग्रीको उत्पादनदेखि प्रकाशनरप्रसारणमा प्रयोग गरिने भाषा, तथ्यपरक जानकारी हुनुपर्ने बताउँदै राजमार्गमा गरिने विज्ञापन, शहरी क्षेत्रमा राखिएका होर्डिङ बोर्डले जनमानसमा कस्तो प्रभाव पारेको छ भन्नेबारेमा अध्ययन हुन आवश्यक छ भने ।

उनले मुलुकलाई समृद्धितर्फ लैजान भाषण र दस्तावेजमा उल्लेख गरेरमात्र पुग्दैन, जनताले अनुभूत गर्ने खालका काम गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुनसक्ने बताए ।

उनले हालैका दिन मुलुकका केही जिल्लामा बाढी, पहिराबाट भएको जनधनको क्षतिबाट प्रभावित जनतालाई तत्काल राहत दिन सरकारको ध्यान गएको उल्लेख गरे ।

सो अवसरमा मन्त्री कार्कीले बोर्डले मस्यौदा गरेको विज्ञापन आचारसंहिताको अनलाइनमार्फत लोकार्पणसमेत गरेका थिए। कार्यक्रममा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले कुनै पनि व्यवसायको प्रवद्र्धन र समग्र अर्थतन्त्रलाई चलायमान गराउन विज्ञापनको भूमिका महत्वपूर्ण रहने भएकाले सरकार विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित गराउन प्रतिबद्ध रहेको बताए ।

उनले यस क्षेत्रमा रहेका नीतिगत अस्पष्टता र कार्यान्वयनमा रहेका व्यावहारिक कठिनाइको समाधानका लागि सरकार सधैँ सहयोगी रहनेछ भने ।

बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन उपभोक्ता, सञ्चारमाध्यम, विज्ञापनदातासँग प्रत्यक्ष सरोकार राख्ने हुँदा यसलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिताको मस्यौदा तयार गरी आगामी पुसभित्र जारी गराउन तथा आगामी असार मसान्तभित्र राष्ट्रिय विज्ञापन नीति ल्याउने गरी गृहकार्य भएको जानकारी दिए ।

उनले सञ्चारमाध्यमको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको विज्ञापन बजारलाई पारदर्शी र व्यवस्थित गराउन बोर्ड क्रियाशील रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विज्ञापन बजार बढाउन स्वदेशी उद्योगधन्दा फस्टाउनु जरुरी हुने भएकाले सन् २०३० सम्म एक सय मिलियन डलरको अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिँदै कोभिडबाट प्रभावित बन्न पुगेको विज्ञापन क्षेत्रलाई पनि अति प्रभावितसरह सुविधा दिन माग गरे ।

नेपाल विज्ञापन सङ्घका अध्यक्ष सोमप्रसाद धितालले संस्थाले सुरुदेखि नै विज्ञापनलाई व्यवस्थित र मर्यादित बनाउन अलग्गै ऐन, आचारसंहिताको व्यवस्था, बोर्डको गठन हुनुपर्ने माग गर्दै आएको उल्लेख गर्दै बोर्डमा व्यवसायीको प्रतिनिधित्व नगरिएकामा गुनासो गरे ।

 

प्रकाशित मिति: Oct 25, 2021

प्रतिक्रिया दिनुहोस्