Logo
१३ बैशाख २०८१, बिहीबार
(October 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी अरेबियाबाट ५२ हजार ७ सयभन्दा बढी नेपाली स्वदेश फर्किए

साउदी अरेबियाबाट ५२ हजार ७ सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्स गरी चार्टर्ड उडानबाट हालसम्म ५२ हजार ७ सय ८६ जना स्वदेश फिर्ता भएका छन् ।

साउदी अरेबियामा कोभिड-१९ को असर र विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ ।

साउदीस्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावास जेद्धाको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नवीकरण नगरेका २ हजार १ सय बढी नेपालीलाई बहिर्गमन भिसा उपलब्ध गराएको छ ।

दूतावास रियाद तथा वाणिज्य दूतावास जेद्धाले साउदीमा कार्यरत नेपालीको पासपोर्ट नवीकरण लागि आफ्नो फेसबुक पेजमार्फत आवश्यक विवरणसहित अनलाइन फारमको व्यवस्था गरेको छ ।

पुन स् नवीकरण र पासपोर्टको नवीकरणका लागि आवश्यक कागज सङ्कलनको सहजीकरणका लागि साउदीका विभिन्न सहरमा अस्थायी कार्यालयको समेत व्यवस्था गरेको छ ।

दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाका अनुसार हालसम्म १ सय १५ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु भएको छ।

साउदीमा कार्यरत घरेलु कामदारहरूको पनि बिमा अनिवार्य हुने भएको छ। बिमा नगरी कामदार ल्याउन र राख्न नपाइने भएको छ ।

घरेलु कामदारमा घरमा काम गर्ने डोमेस्टिक हेल्पर, हाउस ड्राइभरलगायत विभिन्न विधा रहेका छन् भने बिमासम्बन्धी यो नयाँ नियमबाट घरेलु कामदार र घर मालिक दुबैलाई सुरक्षा र सुविधा मिल्ने भएको छ ।

कोरोना भाइरसबाट साउदीमा ५ लाख ४८ हजार २ सय ५२ जना संक्रमित हुनुको साथै ८ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ भने ५ लाख ३७ हजार २ सय ८२ जना निको भएका छन् ।

प्रकाशित मिति: Oct 25, 2021

प्रतिक्रिया दिनुहोस्