Logo
२३ आश्विन २०८१, बुधबार
(October 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनौलीबाट आएका ११ जना अफगानी नागरिक सिनामंगलबाट पक्राउ

सांकेतिक तस्वीर

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ । सिनामंगलस्थित एक घर छापा हानेर ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले सोमबार बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो ।सुनौली नाकाबाट गैर कानुनी रूपमा नेपाल भित्रिएर काठमाडौँ आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए ।

उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।अफगानी नागरिक सुनौली नाकाबाट नेपाल भित्रिएको सूचना ढिलो गरेर सुरक्षा संयन्त्रले पाएको थियो ।

आइतबार मात्रै यसबारे जानकारी पाएपछि गैर कानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमा नाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।

नेपालस्थित शरणार्थी सम्बन्धी उच्च आयोगको कार्यालयले गुपचुप अफगानस्तानीलाई अस्थायी आश्रय दिएर राखे पनि त्यसको सुइँको गृह प्रशासनले समयमै पाएन ।

 

प्रकाशित मिति: Oct 25, 2021

प्रतिक्रिया दिनुहोस्