Logo
२३ आश्विन २०८१, बुधबार
(October 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा साताव्यापी आन्दोलनको घोषणा

डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बैठकले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

भ्रष्टाचार र बेथितिविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरिएको डा.राउतको सचिवालयले जनाएको छ । भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधबार जनकपुरस्थित सङ्घीय खानेपानी तथा ढल निकास आयोजनाको कर्मचारी राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए ।

त्यस क्रममा पक्राउ परेका १७ कार्यकर्तालाई रिहा गर्नुपर्ने, आफ्ना नेता कार्यकर्तालाई पूर्ण सुरक्षा प्रदान गर्नुपर्नेलगायत माग राखेर पार्टीले आन्दोलनको घोषणा गरेको बताइएको छ ।

कार्यक्रम अनुसार कात्तिक ८ गते जिल्ला सदरमुकाममा सिटी जुलुस, ९ गते पालिकामा मोटरसाइकल र्‍याली, १० गते वडामा कोणसभा र मसाल जुलुस, ११ गते वडामा युवा दस्ता प्रशिक्षण र कात्तिक १२ गते जिल्ला सदरमुकाममा मसाल जुलुसलगायत गरिने जनाइएको छ ।

 

प्रकाशित मिति: Oct 25, 2021

प्रतिक्रिया दिनुहोस्