Logo
२४ बैशाख २०८१, सोमबार
(October 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनसुकै तहका कर्मचारीलाई बोलाउँदा सम्मानार्थी शब्द प्रयोग गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले जनसुकै तहका कर्मचारीलाई बोलीचालीको भाषामा ‘सम्मानार्थी’ शब्द प्रयोग निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले बोलीचालीको भाषामा सम्मानार्थी शब्द प्रयोग गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई निर्देशन दिएका छन् हुन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका माथिल्लो पदकाले तल्लो पदकालाई ‘तँ’ भनेको सुनिन्छ ।नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले सङ्गठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए ।

‘मन्त्रीज्यूबाट सङ्गठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब सङ्गठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्छ ।

मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाँणले दिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।

सङ्गठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो सङ्गठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो ।

 

प्रकाशित मिति: Oct 22, 2021

प्रतिक्रिया दिनुहोस्