Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानीका हाकिममाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १३ कार्यकर्ता पक्राउ

सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

अविरल वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि आक्रोशित सिके राउतका कार्यकर्ताले निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरूले निमित्त प्रमुख कुशवाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए ।​

कार्यकर्ताहरुले निमित्त प्रमुख कुशवाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्