Logo
१३ बैशाख २०८१, बिहीबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९२ पुग्यो, ४२ जना सम्पर्कविहीन

देशभर आइतबारदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।प्रहरी प्रधान कार्यालयले असोज ३१ देखि शुरु भएको वर्षाका कारण ९२ जनाको मृत्यु भएको जनाएको छ ।

बाढी र पहिरोका कारण ४२ जना सम्पर्कविहीन भएका छन् । वर्षाका कारण प्रदेश-१ मा मात्रै ५३ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३० जनाको मृत्यु पुष्टि भएको जानकारी दिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ । लुम्बिनी र बागमतीमा एक–एक जनाले ज्यान गुमाएका छन् ।

बुधवार जुम्लाको हिमा गाउँपालिका-६ मा खोला तर्दा २८ वर्षीय रत्ना शाही बगेर बेपत्ता भएकी छिन् । मोरङको विराटनगर महानगरपालिका-१२ स्थित नालीमा ३६ वर्षीय इशान भुजेलको शव फेला परेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका-६ लिम्बुचौर खोलामा दाउरा टिप्न गएका एकजनाको मृत्यु भएको छ । धरान-११ बस्ने वर्ष ४५ का झगेन्द्र राई धरान उपमहानगरपािलका-२० स्थित खैरे खोलामा मृत अवस्थामा फेला परेका छन् ।

इटहरी उपमहानगर-५ बस्ने वर्ष ७२ को चन्द्रप्रसाद काफ्ले विराट चोकबाट घरतर्फ फर्कने क्रममा शिवालय मन्दिर छेउको खोल्सीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्