Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने : ‘सरकारको त कुरै नगरौँ ! यत्ति बेहाल छ कि ध्यान नै साठगाँठ जोगाउने कुरामा मात्रै छ ’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारमा रहेका दलहरुलाई देश बनाउनेभन्दा पनि साठगाँठ जोगाउने चिन्ता धेरै रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा एमालेको वाग्मती प्रदेश अधिवेशन आयोजक समिति बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारको त कुरै नगरौँ । यत्ति बेहाल, यस्ता मान्छे त यो कुनै कालमा पनि देखिएन । यत्ति साह्रो बेहाल भएको छ कि सरकार देश बनाउने होइन, ध्यान नै साठगाँठ जोगाउने कुरामा मात्रै छ ।’

उनले साठगाँठ नगरीकन आगामी चुनावमा एउटा वडा पनि जित्ने अवस्था नरहेको बताए । ‘लडाइँ एमाले र कांग्रेसका बीचमा मात्रै हो । अरुले त साठगाँठ नगरीकन एउटा वडा पनि जित्दैन । हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँग मात्रै हो । कांग्रेसले जनताका बीचमा गएर के गरेँ भन्ने ? के देखाउने? त्यो नै छैन,’ ओलीले प्रश्न गर्दै भने, ‘अहिले कांग्रेस नेतृत्वको सरकार छ, तर यो सरकार आलोचना गर्न पनि लायक छैन । टिप्पणी गर्न पनि लायक रहेन ।

प्रकाशित मिति: Oct 20, 2021

प्रतिक्रिया दिनुहोस्