Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु हिंसाको आरोपमा अस्ट्रेलियाका पूर्व खेलाडी माइकल स्लेटर पक्राउ

अस्ट्रेलियाका पूर्व क्रिकेटर माइकल स्लेटर घरेलु हिंसाको आरोपमा पक्राउ परेका छन् ।हाल क्रिकेट कमेन्टेटर रहेका ५१ वर्षीय स्लेटरलाई बुधबार सिड्नीस्थित घरबाट पक्राउ गरेर प्रहरी स्टेसनमा लगिएको स्थानीय मिडियाले जनाएका छन् ।

न्यू साउथ वेल्स प्रहरीले उक्त घटना गत हप्ता भएको पुष्टि गर्दै थप कुरा बताउन चाहेन । स्लेटर यसबारे सार्वजनिक वक्तव्य दिएका छैनन् । स्लेटर सन् १९९३ देखि २००१ सम्म अस्ट्रेलियन क्रिकेट टोलीका सदस्य रहेका थिए । उनले यसबीच ७४ टेस्ट खेलेका थिए ।

त्यसयता उनी टेलिभिजनमा उच्च पदमा रहँदै आएका थिए । गत हप्ता अस्ट्रेलियाको च्यानल सेभेनले आर्थिक दबाबको कारण देखाउँदै उनलाई हटाएको थियो । गत मेमा महामारीको व्यवस्थापनको विषयमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको आलोचना गरेपछि उनी चर्चामा आएका थिए ।

 

प्रकाशित मिति: Oct 20, 2021

प्रतिक्रिया दिनुहोस्