Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले आज नयाँ ब्याजदर सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आज बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै तीन बुँदे निर्देशन दिए अनुसार बैंकहरुले ब्याजदर परिमार्जन गर्नुपर्ने भएको हो ।

परिमार्जन गरिएको ब्याजदर वेवसाइटमार्फत् सार्वजनिक गर्नुपर्नेछ । ब्याजदर परिमार्जन गर्दा असोज महिनाको ब्याजदरको अधिकतम १० प्रतिशत वृद्धि नहुने गरी हुनुपर्ने उल्लेख छ ।

तरलता अभाव रहेको भन्दै बैंकहरुले आफू अनुकूलको ब्याजदर बढाएपछि हिजो नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

१० प्रतिशत ब्याजदर असोजमा तोकिएको भए वृद्धि गरी ११ प्रतिशतसम्म मात्र बनाउन पाइनेछ ।बैंकले निक्षेपको तुलनामा अत्याधिक कर्जा प्रवाह भएको भन्दै रकम तान्न ब्याजदर बढाएका थिए ।

निक्षेपको तुलनामा ५ गुणा कर्जा प्रवाह भएपछि बैंकहरुमा रकम अभाव भएको छ ।कतिपय बैंकहरुले झण्डै १२ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याज दिने भन्दै रकम आकर्षित गर्न खोजेका थिए ।

निक्षेपको ब्याजदर बढेपछि कर्जा लिनेहरु चिन्तामा परिसकेका छन् । कर्जामा पनि ब्याजदर बढ्ने निश्चितप्रायः भएको छ ।

प्रकाशित मिति: Oct 20, 2021

प्रतिक्रिया दिनुहोस्